जीवन विकास लघुवित्तको लाभांश घोषणा
काठमाण्डौं । जीवन विकास लघुवित्तले लाभांश घोषणा गरेको छ। कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८।७९ को मुनाफा बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हालको चुक्ता पूँजीको २८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ९.३६८४ प्रतिशत नगद लाभांश गरि कुल ३७.३६८४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३ करोड ४१ ८० हजार लाख रहेको छ ।