जीवन विज्ञान देवडोल शाखाको तेस्रो वार्षिकोत्सव सम्पन्न
सुर्य विनायक नगरपालिका वडा नं ३ वालकोटमा सञ्चालनमा रहेको जिवन विज्ञान देवडोल शाखाको तेस्रो वार्षिकोत्सव कार्यक्रम संरक्षण समितिका सभापति बेखा वहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न भयो । जीवन विज्ञान योगाको प्रशिक्षक रगिता वस्नेतले यो स्थान सम्ममा ल्याउनका लागि स्वर्गीय ईश्वर गेलालको मुख्य भूमिका रहेको कुरा पनि व्यक्त गर्नुभयो । कार्यक्रम जीवन विज्ञान देवडोल सरक्षण समितीका सदस्य उद्धव प्रसाल घिमिरेले स्वागत मन्तव्व व्यक्त गर्नु भएको कार्यक्रमको प्रमुख अतिथी सुर्य विनायक नगरपालिका वडा नं ३ वडाध्यक्ष दिपेन्द्र केसिले पानसमा वत्ति वालेर उदघाटन गरि कार्यक्रम सञ्चालन गरीएको थियो । कार्यक्रममा वडा अध्यक्ष के सिले यो एक किसिमको मानिसका लागि उपयोगी सरल एवं सहयोगि उपायको रुपमा रहेको छ र यस जीवन विज्ञान देवडोल संरक्षण समितिवाट जुन किसिमले सञ्चालन गरिरहनु भएको छ म तपाईहरु सवैलाई सर्हानिय गर्न चाहान्छु र योगा सवैले गर्नै पर्ने भएकोले अझ प्रगति होस भन्दै म यहांहरु सवैलाई धन्यवाद दिन चाहान्छु र मैले सक्दो सहयोग गर्नेछु आफनो मन्तव्य व्यक्त गर्नु भएको थियो । सो कार्यक्रममा जीवन विज्ञान देवडोलको विषयमा सचिव दुर्गा देवी अर्यालले भए गरेका कार्यहरुको गतिविधि सम्वन्धि जानकारि दिनु भयो ।
हाम्रा सम्वाददाता विश्वनाथ ढुङगेलका अनुसार जीवन विज्ञान देवडोल सरक्षण समितिका कोषाध्यक्ष बलराम खडकाले आर्थिक वर्ष २०७८ ।०७९ को आर्थिक प्रतिवेन प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यक्रममा विभिन्न स्थानवाट आउनु भएका योगकर्मिहरुको पनि उपस्थिति रहेको थियो । साथै साझा चौतारीको रुपमा रहेको यो एउटा पवित्र संस्था रहेकोले हामि सवैको भावना योगा प्रति आकर्षण होस र निरोगी भै वस्ने सवैमा प्रेरणा जागोस भन्दै यस संरक्षण समितिका सभापति बेखा वहादुर श्रेष्ठले कार्यक्रम समापन गर्नु भएको थियो ।