बरिष्ठ चिकित्सक, संघर्षशील ब्यक्तित्व तथा पूर्ब मन्त्री डा. मथुरा श्रेष्ठको निधन


काठमाडौं । देशका एक प्रतिष्ठित नागरिक संघर्षशील अगुवा ब्यक्तित्व एवं पूर्व स्वास्थ्यमन्त्री डाक्टर मथुराप्रसाद श्रेष्ठको काठमाण्डौ स्थित अन्नपूर्ण अस्पतालमा उपचारका क्रममा सोमबार बिहान सवा ४ बजे उहाँको निधन भएको हो । उहाँ २०४७ सालको परिबर्तन पछि अन्तरिम सरकारका स्वास्थ्यमन्त्री समेत रहनु भएको थियो । श्रेष्ठ मानव अधिकार आन्दोलनका वरिष्ठ रक्षकको रुपमा चिनिनु हुन्थ्यो। उहाँको अहिले सोमबार बिहान ९ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार हुने जनाइएको छ । राजनीतिक परिबर्तन पछि पनि देश र जनताको संकटपूर्ण अबस्थामा कुनै सुधार नभएको र राजनीतिले सही बाटो नलिएकोमा डा. मथुरा चिन्तित र असन्तुष्ट हुनुहुन्थ्यो । कमरेड पुष्पलाल र एकदेब आलेबाट शिक्षित दीक्षित भएको र धेरै कुरा सिकेको बताउनु हुने डा. श्रेष्ठ बयोबृध्द अबस्थामा पनि फेसबुकमा स्टाटस लेखेर देश र जनताप्रतिको चिन्ता दर्शाइरहनु भएको थियो । विदेशमा रहेका छोराछोरीको आग्रहमा दिबंगत श्रेष्ठको पार्थिव शरीर शिक्षण अस्पतालको शवगृहमा राखिएको बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *