मनकामना दर्शनद्धारा शहिद लखन गाउँपालिकालाई सहयोग


मनकामना दर्शन प्रा.लि.ले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत शहिद लखन गाउँपालिकालाई विशेषत वडा नं. २ र ३ को फोहोर व्यवस्थापन कार्यको लागि १ थान महिन्द्रा ट्याक्टर र हाइड्रोलिक ट्रेलर प्रदान गरेको छ । ट्रयाक्टर र हाइड्रोलिक ट्रेलर कुरिनटारस्थित अग्नी इनकर्पोरेटेड प्रा.लिको अफिस प्राङ्गणमा कम्पनीका निर्देशक राजेशबाबु श्रेष्ठले गाउँपालिका अध्यक्ष रमेशबाबु थापालाई हस्तान्तरण गरेका हुन ।
उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, वडा नं.२, ३ र ४ का वडाध्यक्ष, फोहोरमेला व्यवस्थापनका समितका अध्यक्ष तथा सदस्यहरुको लगायत उक्त प्रा.लि.का उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागिता थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *