राष्ट्रिय सहमतिमै राष्ट्रपति, सबैसँग कुरा गरेर मिलाउने काम प्रचण्डको : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी(नेकपा एस)का अध्यक्ष माधव नेपालले राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउनु पर्ने बताएका छन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेको प्रधानमन्त्री पुष्पकमल दाहालसँग सिंहदरबारमा भेटवार्ता गरी बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई भेटबारे जानकारी दिँदै उनले यसतो बताएका हुन् ।

‘राष्ट्रिय सहमतिको उम्मेदवार आउनुपर्छ, यसमा सबै पक्षसँग कुराकानी गरेर मिलाउने काममा प्रमुख पहल प्रधानमन्त्रीले गर्नुपर्छ,’ नेपालले भने । राष्ट्रपतिमा माधव नेपालको नाम पनि चर्चामा रहेको छ नि ? भनेर सोधिएको प्रश्नमा उनले भने– ‘चर्चामा हुनु एउटा कुरा हो, अन्तिम टुंगोमा पुग्ने उहाँ (प्रचण्ड)को कुरा हो ।’

प्रचण्डसँग आगामी दिनमा लामो यात्रा गर्न सहमति र सहकार्य अझ बलियो बनाउने विषयमा कुरा भएको उनले बताए ।‘हामीबीचको सम्बन्ध बलियो होस्, असमझदारी केही कुरामा नहोस्, लामो यात्रामा जाऔँ भन्ने कुरामा छलफल भयो,’ उनले भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *