एकीकृत समाजवादीले राष्ट्रपतिबारे सबै दलसँग छलफल गर्ने, माधव नेपालको नाम प्रस्ताव नभएको प्रस्टोक्ति

काठमाडौं । एकीकृत समाजवादीले राष्ट्रपतिको निर्वाचनका लागि सबै दलसँग छलफल गर्ने निर्णय गरेको छ । बुधबार पार्टी अध्यक्ष माधवकुमार नेपाल बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि पार्टीका महासचिव बेदुराम भुसालले जारी गरेको विज्ञप्तिमा गणतन्त्र र संविधानविरुद्ध दक्षिणपन्थी र पुनरोत्थानवादी शक्तिले टाउको उठाइरहेको भन्दै संविधान, लोकतन्त्र र राष्ट्रियताको पक्षमा सबै दलसँग छलफल गर्ने निर्णयसमेत गरेको छ ।

बैठकमा माधव नेपालले आफूलाई केपी ओलीले राष्ट्रपतिमा प्रस्ताव गरेको प्रचारबारे केही ब्रिफिङ नगरेको नेता झलनाथ खनालले जानकारी दिएका छन् । नेपालले नै त्यसबारे केही उल्लेख नगरेकाले ओलीले पार्टी एकतासहित राष्ट्रपतिमा प्रस्ताव गरिएको हल्ला मात्र भएको उनको भनाइ छ ।

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले समेत आफ्नो पार्टीका अध्यक्ष माधव नेपाललाई एमालेबाट राष्ट्रपतिमा प्रस्ताव नगरेको जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *