कृषि विकास बैंकको अध्यक्षमा पुडासैनी


काठमाडौं । कृषि विकास बैंकको अध्यक्षमा पूर्वराजस्व सचिव रामशरण पुडासैनी चयन भएका छन् । कृषि विकास बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले पुडासैनीलाई अध्यक्षमा चयन गरेको हो । यसअघि अर्थमन्त्रालयले पुडासैनीलाई कृषि विकास बैंकको सञ्चालक समिति सदस्य नियुक्त गरेको थियो । यसअघि कृषि विकास बैंकको अध्यक्ष रहेका रमेश दवाडीले राजीनामा दिएसँगै पुडासैनी अध्यक्षमा चयन भएका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *