राष्ट्र बैंकद्वारा लघुवित्त संस्थाहरुलाई ८ बुँदे निर्देशन
काठमाण्डौं । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई ८ बुँदे निर्देशन जारी गरेको हो । राष्ट्र बैंकले बुधबार लघुवित्तहरुलाई नयाँ निर्देशन जारी गरेको हो ।
निर्देशन अनुसार अब वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश नगद वा बोनस वितरणको प्रस्ताव गरेमा १५ प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्नेछ । यस अघि वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश नगद वा बोनस वितरणको प्रस्ताव गरेमा २० प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था थियो ।