लोसपाका नेता राष्ट्रपतिमा सहयोग माग्न देउवा निवास
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास धुम्बाराही पुगेका छन् । राष्ट्रपतिमा अध्यक्ष महन्थ ठाकुरलाई सहयोग गर्न प्रस्ताव लिएर लोसपा नेताहरू देउवासँग छलफल गर्न धुम्बाराही पुगेका हुन् ।
लोसपका नेताहरू हिजो मंगलबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।
देउवासँगको छलफलमा लोसपा अध्यक्ष ठाकुर, नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा लगायत सहभागी रहेका थिए । राष्ट्रपतिमा कांग्रेस र एमालेले एक अर्काको उम्मेदवार स्वीकार नगर्ने परिस्थिति बनेको भन्दै ठाकुरको नाममा राष्ट्रिय सहमति जुट्ने नेता सुरेन्द्र झाले बताए ।
माओवादी, कांग्रेस र एमालेका लागि स्वीकार्य व्यक्ति हो । गणतन्त्र र सङ्घीयतामा प्रधानमन्त्रीजीसँग स्प्रीड मिल्छ भने कांग्रेसमा उहाँले लामो समय राजनीतिमा आवद्ध भएको नेता झा ले भने ।