बालेनदेखि नारायणकाजीसम्मको जम्बो टिम कलङ्की चक्रपथ गौशाला सडक खण्डको निरीक्षणमा
काठमाडौं । उपप्रधान र भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको पहलमा अवरुद्ध कलङ्की चक्रपथ गौशाला सडक खण्डको निरीक्षण गरेको छ ।
सम्बन्धित निकायले सो सडक खण्डको निर्माण कार्य छिटो थालनी गराउने उद्देश्यले उपप्रधानमन्त्री श्रेष्ठको पहलमा नेपालका लागि चिनिया राजदूत चेन छोङ,काठमाडौँमहानगरकाका मेयर बालेन शाह, मन्त्रालयका सचिव केशवप्रसाद शर्मा, बिधुत प्राधिकरणका प्रमुख कुलमान घिसिङ लगायतको टिम स्थलगत निरीक्षणमा पुगरे अनुगमन गरेको हो ।
अनुगमनका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले सडकखण्ड निर्माण कार्य निरन्तर गराउनेमा सरकार सचेत रहेको बताएका छन् ।
सहरको सडकको अवस्था हेर्दा ग्रामीन सडक जस्तो छ । अझ महानगरपलिकाको भित्रि भागमा त झन हिल्लामे सडक छ त्यो पनि हिउँदोको सिजनमा अब वर्षायाममा अवस्था कस्तो होला ? सरोकारवालाले यस विषयमा समयमा नै ध्यान पु¥याउनु आवश्यक छ ।