साँझ ६ बजे निर्वाचनअघिको गठबन्धन दलको बैठक बस्दै

काठमाडौं । निर्वाचन अगाडि पुरानो गठबन्धनमा आवद्ध राजनीतिक दलहरूको बैठक बस्ने भएको हो । प्रधानमन्त्री निकट स्रोतले दिएको जानकारी अनुसार आज (बिहीबार) साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सो बैठकको तालिका तय भएको छ ।

‘अहिलेसम्म ६ बजेका लागि भनेर बैठक बस्ने तयारी गरिएको छ,’ स्रोतले भन्यो, ‘केही कार्यक्रम र भेटघाट सकेपछि ४ दलका शीर्ष नेताको बैठक बस्ने र त्यसपश्चात साँझ ६ बजेका लागि सो बैठक बस्न लागिएको स्रोतले जनाएको छ ।

राष्ट्रपतिवारे उमेदवार चयनका लागि राजनेतिक दलहरबीच तिव्रगतिमा छलफल जारी छ । प्रधानमन्त्री प्रचण्डले राष्टपतिमा राष्टिय सहमतिको आवश्यकता रहेको बताउँदै आएका छन् । तर नेकपा एमालेले भने विगतमा भ्रएको सहमतिका आधारमा आगामी राष्टपतिको नाम चयन हुनुपर्ने माग राखदै आएका छन् ।

यस्तै प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिएकाले कांग्रेसका तर्फबाट आगामी राष्टपति चयन हुनुपर्ने कुरा चलेको छ । साथै नेपाली कांग्रेसले राष्टपतिका उमेदवार समेत अघि सारेको छ । अहिले राजनैतिक दलभित्र गठबन्धन, र राष्टपतिका वारेमा तिव्र गतिमा बहस चलिरहेको छ । आज विहान सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग प्रधानमन्त्रीले डेढ घन्टा छलफल गरेका थिए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *