पुरानै गठबन्धन पुर्नस्थापनाका लागि दलहरुबीच सहमति

काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच पुरानो गठबन्धन ब्युँताउने सहमति जनाएका छन् । । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको चार दलको बैठकबीच पुरानो गठबन्धन पुर्नस्थापन गर्ने विषयमा सहमति जनाएका हुन् ।

बैठकमा सहभागी जसापका नेता राजेन्द्र श्रेष्ठका अनुसार ‘पुरानो गठबन्धन पुर्नस्थापनाका लागि सहमति भएको हो । राष्ट्रपति साँझ टुंग्याउछौं उनले भने,‘ बुधबार साँझ कांग्रेस र माओवादी केन्द्र पुरानो गठबन्धनलाई मान्यता दिने विषयमा सहमति भएका थिउए । कांग्रेस र माओवादीबीच माधव नेपाल र उपेन्द्र यादवलाई सँगै ल्याएर पुरानो गठबन्धनलाई अगाडि बढाउने सहमति भएको थियो । जनमत र नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई नयाँ गठबन्धनमा समाहित गराउने चार दलबीच सहमति भएको स्रोेतले जनाएको छ ।

कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा सम्मिलित पाँच दलीय मोर्चा निर्वाचअघिसम्म कायम थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *