राष्ट्रपतिको उम्मेदवार सांझ ५ बजेको बेठकले टुंङ्गो लगाउने गगन थापाको दावी
काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपतिको उम्मेदवार ५ बजे टुंग्याउने बताएका छन् । ४ दलबीच बालुवाटारमा भएको छलफलमा राष्ट्रपतिको उम्मेदवारबारे विभिन्न कोणबाट प्रस्ताव आउपछि आ–आफ्नो पार्टीभित्र पुनः छलफल गर्नुपर्ने मुख्य कारण साँझ ५ बजे अर्को बैठक बसेर राष्टपतिको उउमेदवार टुंग्याउने महानन्त्री थापाले बताए ।
‘दलहरुबीच एकपक्षीय र बहुपक्षीय छलफल भइरहेको बैठकपछि बालुवाटारमा थापाले बताए । उनका अनुसार अब आ–आफ्नो पार्टीमा छलफल गर्नु भएकाले साझ ५ बजे पुनः अर्को बैठक बसरेर राष्ट्रपति उम्मेदवार टुंगो लगाउने छलफल भएको छ ।