ज्योति विकास बैंकको ६.८ लाभांश पारित
काठमाडौं । ज्योति विकास बैंकको १५ औं वार्षिक साधारणसभाले संचालक समितिद्वारा प्रस्तावित ६.८ प्रतिशत लाभांश पारित भएको हो । बैंकले ३ प्रतिशत बोनश सेयर पारित गरेपश्चात् बैंकको चुक्ता पूँजी ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार पुगेको छ। सभाले बैंकको आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको छ । सभाले आर्थिक वर्ष २०७८।७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तिय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै, सभाले बैंकको आ.व .२०७९।८० को लेखापरिक्षण गर्न लेखा परीक्षक नियुक्ति गर्नुको साथै बैंकको सहायक कम्पनी ज्योति क्यापिटलको आ.व. २०७८।७९ को वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।