नेम्वाङलाई भोट माग्दै लेखे ओलीले १७ जनालाई पत्र

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङलाई मत दिन आग्रह गर्दै । संसदमा प्रतिनिधित्व गर्ने सबै दल र स्वतन्त्र सांसदलाई पत्र लेखेका छन् । तर ओलीले नेपाली कांग्रेसलाई भने पत्र लेखेका छैनन् ।

एमालेबाट छुट्टिएर बनेको एकीकृत समाजवादीले ओलीको पत्रबाट सम्वादको ढोका खुलेको जवाफ दिएको छ । निरन्तर सम्वादमा नै भएकाले सहकार्यको वातावरण बन्न सक्ने उनको प्रतिक्रिया रहेको छ ।

राष्ट्रपति पदको निर्वाचन फागुन २५ गते हुँदैछ । शुक्रवार सांझ बसेको पाटीको बेठकले आठ दलिय गठबन्धन कायम गरेर राष्ट्रपति पदको उमेदवार नेपाली कांग्रेसलाई दिने निर्णय गरेससगैं सो राष्टपतिको निर्वाचनका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवास नेम्वाङले शनिबार मनोनयन दर्ता गराइसेका छन् । नेकपा एमालेले सुवास नेवाङलाई राष्टपतिको उमेदवारमा जिताउन अग्रम शुभकामना समेत दिए । त्यतिमात्र होइन , नेम्वाङलाई भोट माग्दै संसदमा प्रतिनिधित्व गर्ने दलका नेता र स्वतन्त्र सांसदहरुलाई पत्र ओलीले पठाएका छन् ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीका अनुसार अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर भएको पत्र संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल र स्वतन्त्र सांसद गरी १७ जनालाई पठाइएका छन् ।

सो पत्रमा कांग्रेस बाहेकका सबै दललाई औपचारिक पत्र पठाएर नेम्वाङलाई मत दिन उल्लेख गरिएको अधिकारीले जानकारी दिए ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पठाइएको पत्र सो पार्टीका नेता जगन्नाथ खतिवडाले सामाजिक सन्जालमा पोष्ट गर्दै प्रतिक्रियासमेत सार्वजनिक गरेका छन् ।

एकीकृत समाजवादीले एमालेको पत्रको विषयमा आफ्नो धारणा सार्वजनिक गरिसके पनि पाँच दलका नेताहरुले भने मुख खोलेका छैनन् । राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपाल मजदुर किसान पार्टी (नेमकिपा), हाम्रो नेपाली पार्टी र संघीय समाजवादीले निर्णय गरेका छैनन् ।

आठ दलीय गठबन्धनले कांग्रेसका रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएपछि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिंदै सरकारबाट बाहिरिसकेको छ । राप्रपाको प्रतिनिधिसभामा १४ र प्रदेश सभामा २८ सांसद छन् ।
प्रतिनिधिसभामा १९ सिट रहेको रास्वपाले पनि राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्ने निर्णय गरिसकेको छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *