२५ लाखको सीमा नहटे त्यसको विकल्पमा जान्छौँ ः अध्यक्ष उप्रेती
काठमाडौं । आर्थिक मिडिया सञ्चालक संघले काठमाडौंमा आयोजना गरेको सहकारीमा संकट कारण र समाधान विषयक अन्तक्रिया कार्यक्रममा सहकारी बैंकका अध्यक्ष केबी उप्रेतिले सहकारीको पैसा कम्पनीमा जान नहुने र कम्पनीमा भएको पैसा सहकारीमा जान नहुने बताए । अहिले ९० प्रतिशत कम्पनीका सहकारी सञ्चालक रहेको उनको भनाइ छ । उनले सहकारीमा भएका समस्या समाधान गर्न ऐन कानुनमा रहेका समस्याको पहिला सम्बोधन हुनुपर्ने धारणा राखे । सहकारीको ब्याजदर स्वतन्त्र रुपमा चल्न दिनुपर्ने बताउँदै उनले भने, ‘सहकारीलाई पहिला बचाउन आवश्यक छ, त्यसपछि कारबाहीको दायरामा ल्याउनु पर्छ । ‘ सहकारी ऐन संशोधन गर्दा २५ लाखको सीमा नहटे त्यसको विकल्पमा जाने उनको भनाइ छ ।