सुजुकीको नेक्सजेन डिलरसिपमा स्मार्ट सिरोजेनिक्स
नेपालका लागि सुजुकीका चारपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक सीजी होल्डिङ्सले सीजी नेक्सजेनको अवधारणा ल्याएको छ । कम्पनीले आफूले बिक्री गर्दै आएका सुजुकी ब्रान्डका विभिन्न मोडलहरूमध्ये प्रिमियम सेगमेन्टका सवारीसाधनहरूको बिक्री व्यवस्थापन गर्न सीजीरनेक्सजेनको अवधारणा ल्याएको बताएको छ । सो अवधारणाअन्तर्गत ग्राहकहरूलाई विश्वस्तरीय सेवा सुविधा तथा अनुभव प्रदान गर्ने उद्देश्यका साथ नक्साल काठमाडौंमा कम्पनीको आधिकारिक डिलरको रूपमा स्मार्ट सिरोजेनिक्सलाई नियुक्त गरेको छ । सो स्मार्ट सिरोजेनिक्स शोरूमको उद्घाटन सीजी नेक्सजेनका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुणकुमार चौधरी र सिरोहिया ग्रुपका अध्यक्ष गोपालप्रसाद सिरोहियाले संयुक्त रूपमा गरेका हुन् । सवारीसाधन खरिदकर्तालाई सवारीसाधनको खरिदप्रति उच्च एवं स्मरणीय अनुभव प्रदान गर्नु नै सीजी नेक्सजेन च्यानलको बेन्चमार्क हो । ग्राहकहरूलाई सहज र झन्झटमुक्त अनुभव प्रदान गर्न नयाँ शोरुम डिजाइन गरिएको हो । सीजी नेक्सजेनमार्फत सुजुकी ब्रान्डका प्रिमियम गाडीहरू उपलब्ध हुनेछन् भने ग्राहकवर्गहरूले गाडी खरिद गर्दाको अनुभव फरक र उच्चस्तरीय भएको पाउने कम्पनीको दाबी छ । यही विश्वासका साथ नक्सालस्थित ‘स्टेट अफ द आर्ट’ शोरुमबाट ग्राहकहरूले सुजुकीको ‘ग्रान्ड भाइतारा, स्क्रोस, इर्टिगा, एक्सएल , डिजायर, इग्निस, बालेनोजस्ता प्रिमियम गाडीहरू खरिद गर्न सक्ने बताइएको छ । शोरुममा टेस्ट राइड, एक्सचेन्ज र फाइनान्सको सुविधा एउटै छानाबाट उपलब्ध गराइने कम्पनीले जनाएको छ । सो अवसरमा स्मार्ट सिरोजेनिक्सका निर्देशक विनोद सिरोहियाले भने, सुजुकी नेपालकै सर्वाधिक बिक्री हुने अटोमोबाइल ब्रान्ड हो । सुजुकीका कारहरू विश्वसनीय, दक्ष र उच्च पर्फर्मेन्सका लागि परिचित छन् । हामीले आफ्नो यो शोरुमबाट सुजुकीका ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्नेछौँ ।