ओलीले देउवालाई पुस १० मा धोका दिएकाले गठबन्धन भत्कायौं : उपसभापति खड्का

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अहिले सरकार बन्ने प्रक्रिया शुरु नै नभएको बताएका छन् ।

बुधबार सुर्खेतमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपसभापति खड्काले अहिले आठ दलमा राष्ट्रपति निर्वाचनका बारेमा मात्र सहमति भएकोले अहिले सरकार निर्माणको प्रक्रिया शुरु नभएको बताएका हुन् ।

खड्काले राष्ट्रपति निर्वाचनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि मात्र नयाँ सरकार गठनको प्रक्रिया शुरु हुने बताए ।

उपसभापति खड्काले एमाले अध्यक्ष केपी शर्मा ओलीले पुस १० गते कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासघात र धोका दिएको परिणाम अहिलेको नयाँ घटनाक्रम भएको बताए

उनले विश्वासको मत लिने बेलामा ओलीले संसदमा आफ्नो यस अघि दुई पटकको संसद विघटनलाई बचाउ गरेको घटनाबाट प्रधानमन्त्री प्रचण्ड झस्काएको र यी घटनाले फेरी पुरानो गठबन्धन ब्युँताउन सहयोगी बनेको बताए ।

खड्काले प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा सरकार निरन्तर चल्ने बताउदै अहिले कति बर्ष चल्छ भन्ने प्रश्न नगर्न आग्रह गरे ।

उनले पुस १० गते बेलुका देखि नै अहिलेको आठ दलको गठबन्धन बनाउने पहल आफुले शुरु गरेको र अहिले त्यसमा सफल भएको उनले बताए । पत्रकार सम्मेलनमा उपसभापति खड्काले आफु अब मन्त्री नबन्ने दोहोराएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *