कुमारी बैंकले बिवाइडीको गाडी किन्न ८० प्रतिशत कर्जा दिने


काठमाडौं । कुमारी बैंक र साइमेक्स् बीच ग्राहकलाई बिवाइडी ब्रान्डको विद्युतीय सवारी साधन किन्न कर्जा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार बैंकले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा बिवाइडी ब्रान्डका सवारी साधन खरिदका लागी सवारी साधन कर्जा उपलब्ध गराउने छ । सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकहरूले अब नेपालका कुनै पनि बिवाइडी डिलरबाट सवारी साधन खरिद गर्दा बैंकबाट सजिलै ८० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । सो कर्जा ८ वर्ष अवधीसम्म लिन मिल्ने प्रावधान गरिएको बैंकले जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *