रिलायबल नेपाल लाईफद्धारा जिल्ला प्रहरी परिसर ललितपुरलाई डिभाइडर सहयोग
काठमाण्डौं । रिलायबल नेपाल लाईफ कम्पनीले स्थापनाको छोटो समयमा नै नेपाली बीमा बजारमा ५० लाखभन्दा बढी बीमालेखहरु जारी गरी छुट्टै पहिचान राख्न सफल भएको छ । कम्पनीले बेला बखतमा गर्ने गरेको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सडक दुर्घटनाको जोखिम न्यूनिकरणका निम्त्ति यस कम्पनीले जिल्ला प्रहरी परिसर ललितपुरलाई १२ थान सडक डिभाइडर सहयोग गरेको छ ।
उक्त हस्तान्तरण कार्यक्रममा जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख शिद्घीविक्रम शाह ले दुर्घटनाको जोखिम न्यूनिकरण गर्न यसले धेरै सहयोग पुग्ने बताउनु भयो । साथै कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक दिपेशबाबु तिवारीले कम्पनीले बेला बखत गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सडक दुर्घटनाको जोखिम न्यूनिकरण गर्न यस कम्पनीले जिल्ला प्रहरी परिसर ललितपुरलाई सडक डिभाइडर सहयोग गर्न पाउँदा खुसी भएको व्यक्त गर्नुभयो । आउँदा दिनमा आवश्यक परेको खण्डमा सहयोगहरुका लागि निरन्तरता दिने बताउनु भयो ।