आईसीसी विश्वकप लिग-२ : नेपाल यूएईसँग पराजित
काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्क सिरिजमा नेपाल यूएईसँग ६८ रनले पराजित भएको छ ।
युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २०७ रन बनाएको थियो । २०८ रनको लक्ष्य पछ्याएको नेपाल ३१.५ औं ओभरमा १३९ बनाउँदै अलआउट भयो ।
नेपालका लागि कुशल मल्लले सर्वाधिक ६० रन बनाएका थिए । उनले ५४ बलामा ९ चौका र १ छक्का प्रहार गरेका थिए ।
नवौं नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप लामिछानेले २६ रन बनाए भने आशिफ शेखले १७ रन हानेका थिए ।
अरू कुनै पनि नेपाली ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् ।
ज्ञानेन्द्र मल्ल २.३ ओभरमा बिनारन आउट हुँदा कप्तान पौडेल दुई बलै बिनारन आउट भएका थिए । त्यस्तै एक ओभर खेलको आरिफ पनि शून्य रनमा आउन भए ।
नेपालका लागि ब्याटिङ गरिरहेका आसिफ सेखले ८.५ ओभरमा १७ रन बनाएर आउट हुँदा ओपनर कुशल भुर्तेल १.२ ओभरमा ५ रन बनाएर आउट भएका थिए ।
त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको युएईले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७ रन बनाएको थियो ।
युएईका लागि आशिफ खानले सर्वाधिक ७२ रन बनाएका थिए । ९९ बल खेलेका खानले ५ चौका र ३ छक्का प्रहार गरेका थिए । त्यस्तै रोहन मुस्ताफाले नटआउट ५२ रन बनाएका थिए । आर्यन लाक्राले २८ रन बनाउँदा कप्तान सिपी रिजवानले २२ तथा भित्य अर्बिन्दले १८ रन बनाएका थिए।
लिग– २ को मा नेपालले ३० खेलमा १३ जित निकाल्दा १५ हार बेहोरेको छ । नेपाल २८ अंकसहित छैटौं स्थानमा छ । युएई ३० खेलमा १४ मा जित र १३ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ।
नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिएका थिए । यस्तै करण केसी आसिफ शेख र कुशल मल्लले १÷१ विकेट लिएका थिए ।