कुमारी बैंकका ग्राहकलाई ल्याण्डमार्क होटेल एण्ड रिसोर्टमा छुट
काठमाडौं । कुमारी बैंक र ल्याण्डमार्क होटेल एण्ड रिसोर्टबीच सम्झौता भएको छ । बैंक र होटलबीच बैंकका ग्राहकलाई ल्याण्डमार्क होटेल एण्ड रिसोर्टको सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत ल्याण्डमार्क होटेल एण्ड रिसोर्टका काठमाडौं, चितवन र पोखरा शाखाहरुमा आकर्षक छुटको प्रावधान गरेको हो । यस सम्झौता अनुसार कुमारी बैंकका डेबिट । क्रेडिट कार्ड ग्राहकलगायत मोबाइल बैंकिंग प्रयोगकर्ताहरुले ल्याण्डमार्क होटेल एण्ड रिसोर्टबाट विभिन्न सेवाहरु जस्तै लजिङ्ग र फुडिङ्ग शुल्कमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।