विश्वासको मत लिएकै दिन मलाई ओलीले झस्काए : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मतको समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनलाई प्रश्रय दिएपछि आफू झस्किएको बताएका छन् ।

कांग्रेस राष्ट्रपतिमा पस्ताव गरेपछि ओलीले अस्वीकार गरेको बताएका छन् । रामचन्द्र पौडेललाई समर्थन गर्ने ८ दलका सांसदलाई प्रशिक्षण कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

पुस २६ गते ओलीले प्रतिनिधिसभामा गरेको सम्बोधनले आफूलाई चुनावअघिकै गठबन्धन ब्यूँताउनुपर्छ भन्नेमा पुगेको प्रचण्डले बताए ।

अहिले पुरानो गठबन्धन ब्यूँतिएपछि जनता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति पनि खुसी रहेको उनको भनाइ रहेको छ । उनले राष्ट्रपतिमा रामचन्द्र पौडेल नै उपयुक्त उम्मेदवार भएको समेत प्रस्ट्याए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *