खनाल र पोखरेलबीच पार्टी एकताबारे छलफल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच पार्टी एकताबारे छलफल भएको छ । नेता खनालको निजी निवास डल्लुमा भएको भेटवार्तामा महासचिव शंकर पोखरेलले पार्टी एकताको प्रस्ताव गरेका छन् । ‘देश राजनीतिक र आर्थिक रुपले गम्भीर संकटमा पुगेको छ ।

वामपन्थीबीचको सहकार्य गर्दै पार्टी एकतामा लाग्नुपर्छ’, महासचिव पोखरेलले खनालसँग प्रस्ताव गरेका छन् । पोखरेलको प्रस्तावप्रति नेता खनालले आफु सकारात्मक रहेको जवाफ दिएका छन् ।

पछिल्लो समय राजनीतिक समीकरण फेरिएसँगै एमाले र एकीकृत समाजवादीका नेताहरुबीचको भेटवार्ता बाक्लिएको छ । नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल,शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङलगायतका नेताहरुले पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता खनाललगायतका नेताहरुसँग दैनिकजसो संवादमा छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *