सरकार ढाल्न के एमाले कांग्रेसभित्र खेल्दैछ ?
काठमाडौं । यतिबेला नेपाली कांग्रेस र एमालेका नेताहरू सरकारका विषयमा फरक फरक धारणा राखिरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार फागुन २५ गतेपछि ढल्छ भन्दै एमालेका नेताहरु हिँड्न थालेका छन् । एमालेका सानादेखि ठूला नेताहरुसमेत यसरी सरकारको आयुबारे बोल्दै हिँडेपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले औपचारिक रूपमै कांग्रेसभित्र नखेल्न चेतावनी दिए । उनले सरकार ढाल्न कांग्रेसका नेताहरुसँग बोल्दै नहिँड्न चेतावनी दिएपछि अहिले एमालेका नेताहरुको बोली बन्द भएको छ ।
कांग्रेस महामन्त्री थापाले एमाले र कांग्रेसका नेताहरुबीच छलफल र भेटवार्ता भइरहेको भन्ने बुझिन्छ । तर कांग्रेसमा अहिले एक्कासि कसले खेल्यो होला भन्ने खुल्दुली सुरु भएको छ । कांग्रेस नेतृत्व एकढिक्का भएर अहिले राष्ट्रपतिको निर्वाचनमा होमिएका बेला बेला न कुबेला एमाले नेताहरु भेट्दै हिँड्ने कांग्रेसका नेताहरुको खोजी सुरु भएको छ ।
एमालेको एउटा पक्षले राष्ट्रपति निर्वाचनपछि माओवादीको उपादेयिता सकिने कांग्रेस र एमालेको सरकार बनाउने प्रयास भइरहेको भनेर प्रचार सुरु भएको छ । तर जति नै एमालेले प्रचार गरे पनि कांग्रेस नेतृत्वको यो गठबन्धन पाँचै वर्ष टिक्ने देखिएको छ । किनभने राष्ट्रपति पाएपछि कांग्रेसले आफ्नो प्रतिष्ठा कायमै रहने भएकाले प्रचण्ड नेतृत्वको सरकारको विकल्प नखोज्ने उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाले बताइसकेका छन् । त्यसैले