उपत्यकामा ट्राफिक चेकजाँच कडाइ

काठमाडौं । रंगहरुको पर्व होलीलाई मर्यादित र व्यवस्थित बनाउन काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरिएको छ।

होली पर्वमा हुनसक्ने जोखिमलाई मध्यनजर गरि चेकजाँचमा कडाइ गरिएको ट्राफिक प्रहरीले जनाएको छ । इच्छा विपरित रंग अविर दल्न र उश्रृंखल गतिविधि गर्ने र माधक पदार्थ सेवन गरी सवारी चलाउने जस्ता क्रियाकलाप कम गर्न चेकजाँचमा कडाई गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तीपथ, दरबारमार्ग, भद्रकाली र बग्गीखाना लगायतका स्थानमा प्रहरीले चेकजाँच गरिरहेको छ । नेपाल प्रहरीले होलीलाई सुव्यवस्थित बनाउन सबैले शतर्कताका साथ होली खेल्न आग्रह गरेको छ।

साथै, प्रहरीले सम्भावित दुर्घटना हुन नदिन घरको छत लगायत जोखिमपूर्ण स्थानमा बसेर होली नखेल्न आग्रह समेत गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *