चीनको ‘द्वन्द्व र टकराब’ अमेरिकासँग
काठमाडौं । युक्रेनमा द्वन्द्व अन्त्य गर्न बेइजिङको आह्वानलाई दोहो¥याउँदै चीनका विदेशमन्त्रीले मंगलबार अमेरिकाले चीनप्रतिको आफ्नो हालैका गलत नीतिहरू परिवर्तन गर्नुपर्ने अन्यथा ‘द्वन्द्व र टकराब’ हुने चेतावनी दिएका छन् ।
संयुक्त राज्य अमेरिका निष्पक्ष वा नियममा आधारित प्रतिस्पर्धाको सट्टा चीनको दमन र नियन्त्रणमा संलग्न भएको छ, चिनियाँ विदेश मन्त्री चिन काङले वार्षिक संसद बैठकको बेला बेइजिङमा पत्रकार सम्मेलनमा बोल्दै यस्तो भनेका हुन् ।
‘चीनको बारेमा संयुक्त राज्य अमेरिकाको धारणा र दृष्टिकोण गम्भीर रूपमा विकृत भएको छ,’ किनले भने, ‘यसले चीनलाई आफ्नो प्राथमिक प्रतिद्वन्द्वी र सबैभन्दा परिणामकारी भूराजनीतिक चुनौतीको रूपमा लिन्छ । यो शर्टको पहिलो बटन गलत राखिएको जस्तै हो ।’
ताइवान, व्यापार र युक्रेनमा युद्ध जस्ता धेरै मुद्दाहरूमा दुई महाशक्तिहरू बीचको सम्बन्ध लामो समयदेखि तनावपूर्ण छ । तर, अमेरिकाले चिनियाँ जासुसी उपकरणसहितको बेलुन खसालेपछि सम्बन्ध धेरै बिग्रिँदै गएको छ ।
‘अमेरिकाले चीनसँगको सम्बन्धका लागि गार्डरेल स्थापना गरिरहेको र द्वन्द्व खोजिरहेको छैन भन्छ, तर व्यवहारमा यसको अर्थ के हो भने चीनले निन्दा वा आक्रमण गर्दा शब्द वा कार्यबाट जवाफ दिनु हुँदैन भन्ने किसिमको हो,’ चिन काङले भनेका छन् ।
‘यो केवल असम्भव छ,’ उनले भने, ‘यदि संयुक्त राज्य रोकिएन र गलत मार्गलाई गति दिन जारी राख्यो भने यो द्वन्द्व र टकराबमा परिणत हुनेछ र विनाशकारी नतिजा कसले भोग्ने छ ?’ उनले प्रश्न गरेका छन् । ए