सरसफाई गर्ने ती १८ हाते दुर्गा , र मेडीकल उधमशिलता व्यवस्थापनको विराशत



कोशी प्रदेशमा पहिलो पटक अल्लोको पूरुष महिलाको ओभरकोट उत्पादन गरी विक्री वितरण गरेको गर्व गर्ने ओखलढुङ्गाका रामकर राईले धरान नगरपालिकाको वार्ड नम्बर ९, पुतली लाइनमा ‘चोमुलुङ्गम कलेक्सन’ नामको अल्लो र राडीपाखीको उत्पादनहरुको विक्री तथा प्रर्दशन तथा विक्री केन्द्र राख्नु भएको छ । उक्त पसलमा चिण्डो लगायतका किराती मौलक सस्ँकृतिक भेष–भूषा तथा गरगहना समेत राखिएका छन् ।


हङ्गकङ्ग देखि ल्याएर साना चिण्डो विक्री गर्ने राइजीलाई आफ्ना सन्तानहरुको रुची यसतर्फ नभएकाले भविष्यमा कशले यो उधमशिलता सम्हाल्ने भन्ने भारतको मिनरल पानी बिसलेरीको उत्पादले कारखाना नै बेच्नु परेको जस्तै चिन्ता मात्रै छैन भारतले पोलिष्टर–नाइलनका नक्कली अल्लोको धागो तयार गरेर हाम्रो मौलिक अल्लो उधोगलाई गलैचा उधोग जस्तै धरायसी बनाउने प्रपञ्च गरिसकेको चिन्ता पनि थपिवएको छ ।

यस्तै भोली कशले सम्हाल्ने सवै विदेश बिदेश भन्छन् भन्ने चिन्ता गुणस्तरीय टिकाउ माटोको गमला समेत विक्री गर्ने धरान–१९ धनकुटे रोडको प्रशिद्ध ‘पवित्र नर्शरी’का व्यवस्थापकलाई पनि छ । यसपाली बि.सं. २०७९ फागुन ०३ देखी १० सम्म विराटनगरको नोवेल मेडीकल कलेज टिचिङ्ग हस्पिटलमा आईसीयूको विरामी कुरुवा हुने अवसर मिल्यो । कलेजको प्रमुख प्रिन्सिीपल डा।रामहरी कोइराला,निर्देशक डा।राजेश नेपाल र प्रवन्धक रुद्र शर्मा सहितको टिमले कलेज तथा अस्पताल सञ्चालन गरेको देखियो ।
‘हैन माओबादी संसद गोपि अछामी सहित नेपाली काँग्रेस सांसद सुनिल शर्माको समूहले शिक्षा मन्त्री नभएको मौका छोपि पूर्वाञ्चल विश्व विधालयबाट चिकित्साशास्त्रको विगतमा रोकक गरिएको सम्बन्धन खुला गर्न पाएपछि हाम्रा माननीय तथा कलेज हस्पिटलका अध्यक्षा सुनिल शर्माजीलाई नोवल घाँडो भएको हो की कशो दाज्यूु उमेरले म भन्दा जेठा तर नेपाल बैकमा जागिरमा म भन्दा कनिष्ठ अस्पताल प्रवन्धक रुद्र शर्मासँग धमिराले खाएको र्याक–भाँचिएका कुर्शी देखाउँदै भने । मैले उहाँलाई अरु समश्याहरु पनि बताएँ । मैले हटाएर नयाँ ल्याउँन आदेश दिई सकेँ भन्दै उहाँ हाँस्नु भयो । रुद्र शर्मासँगको कुरामा मैले वीपी स्वस्थ विज्ञान प्रतिष्ठानका कर्मचारीलाई विरामी नोवलमा पठाउन भनेर विशेष र गोप्य प्रोत्साहन पनि गरिएको छ रे भन्ने हल्ला गर्छन नी भन्दा वीपीको एम आरआई नबनानु,सुत्केरी हुने केशलाई अपरेशन गर्न केही महिना कुनुपर्ने भनेर धरान देखी आएर नोवलमा देखाउन बाध्य पार्नु जस्ता सुनेका हल्लाको चर्चा गर्दा उहाँले ‘सरकारी हस्तक्षेप,पदाधिकारी नियुक्तिमा योग्यताको भन्दा अरु पक्षहरुमा ध्यान दिखाएर सरकारले वीपीलाई उपयोग मात्र गरेको हो–यस्ता हल्ला वहियात हुन’ भनेर प्रतिबाद गर्नु भयो । नर्श र सुरक्षा गार्डहरुले भत्ता कम भएको गुनासो पनि सुनाई दिएँ ।
भारतको गलगलीया,फारविसगञ्ज,सितामाढी,सुनबर्षा देखि नेपालका प्रदेश २ का सर्लाही विरगञ्ज सम्मका विरामीहरुको ओइरो लागेपनि नेपालको सवभन्दा बढी विरामीको चाप हुने धरानको वीपीकोस्वविप्रलाई उछिन्न भने सकेको छैन । जन्मेको ४ दिनमा गर्भैमा फोलिक एसिडको कमी भएर मेरु दण्ड सोहोरिएको अप्रेशन देखी ठूलठूला केशहरु समेत हामी गर्न सक्छौं भन्ने दृढ विश्वास नोवेल टिममा देखियो । आफु पनि तराईबासि नेपाली भाषी भएकाले मैथिली राम्ररी नै बोल्थेँ । तराईबासी स्थानीय भाषी प्रति मेरो घुलमिल यसरी भयो की मैले विरामी डिस्चार्ज गरेर हिंडन लाग्दा केहीका आँखा टिलिपिल गरेको प्रत्यक्ष देखेँ । विरामीको उपचारमा खर्च नभएर साहूको व्याजमा खेत राख्ने कु्रा भएको आफ्नै कानले सुनेँ । आफ्ना क्षेत्रका मतदातालाई मात्र निशुल्क ५० बेडको व्यवस्था गर्ने मा। सुनिल शर्माले तराईका गरिव निमुखा जनताको लागि पनि व्यवस्था गरिदिए हुने थियो भन्ने आशा गरेको पाइयो । अस्पताल बस्दा तराइबासी स्थानीय भाषीसँग देश र राजनीतिका गफ पनि भए । पहिले बिदेशीले तराईका दलितलाई उचाले,पछि थारुहरुलाई र केही नलागपछि मधेसीको अधिकारको नाममा मधेसमा अशान्ती ल्याएको भन्ने कुरा यनीहरु कै मुखबाट सुनेँ । भारतको थिचोमिचो र सिमा नागरिकता अतिक्रमण तथा देशको अखण्डता प्रति उनीहरुको देशभक्तिपूर्ण भावना देखेर राजनीतिक दलका दाश कार्यकर्ताहरु र नेताहरुलाई धिक्कारपूर्ण सम्झनना गरेँ । तराइमा रवि लामेछानी प्रति क्रेज बढदै गएको र राजतन्त्र चाहिन्छ भन्ने विचार प्रशारित भएपनि राजा ज्ञानेन्द्रबाट राजाहरु महेन्द्र तथा बीरेन्द कालीन समयको जसरी सम्हाल्न नसक्ने राय समेत युवाहरुबाट सुनें ।
बि.सं.२०७९ फागुन ०३ देखी १० सम्म विराटनगरको नोवेल मेडीकल कलेज टिचिङ्ग हस्पिटलमा आईसीयूको विरामी कुरुवा हुने अवसर मिल्यो । एकजना कुरुवा साथी राम दयाल यादव मैले २०४४ सालमा सिराहाको वेतौनामा गएर नागरिकता दिएको पर्नु भएछ । ‘हामीले बोल्न नमिल्ने तर साहेबले कडा गरेर भारतीयहरुले जथाभावि नागरिकता लिन गरेको प्रयत्न अशफल पार्नु भयो’ भनेर सवै विरामी कुरुवाको सामुन्ने रामदयालले भनिदिनु भयो । म एकलै ले ८ दिन आईसीयु कुरुवा हुँदा मेरो तल माथी एक्लो दौडाई देख्दा ‘हजुरको त ७ हात ७ गोडा रहेछन्’ भनेर सुरक्षा गार्डहरुले भनिरहँदा नोवेल अस्पतालका सरसफाई कर्मी मध्ये रमिला धिमाललाई मैले १८ हात भएकी देवी दर्गालाई सम्झदैं “नोवेल मेडीकल कलेज टिचिङ्ग हस्पिटल की ती दुर्गा”उपनाम पनि दिएँ । उनको कामप्रतिको लगनशिलताको प्रसंशा प्रवन्धक रुद्र शर्मासँग पनि गरेँ । अन्तराष्ट्रिय नारी दिवस २०२३ को उपलक्ष्यमा रमिला धिमाललाई पनि शुभकामना ।
भूइँ देखी छतसम्म फोहर सङ्कलन गर्न सानो कैरिएर गुडाएर जान सक्ने व्यवस्था गर्दै फोहर व्यवस्थापनमा वीपी पछि नोवल प्रदेश मै दोश्रो प्रभावकारी भएको हो जस्तो लाग्यो । ‘मैले नेपाल बैङ्क लिमिटेड ४ बर्ष ,कृषि विकाश बैङ्क हुँदै नेपाल सरकारको समेत गर्दा साढे ३६ बर्षको जागरिमा जति अनुभव गरेँ त्यसको हजार गुना अनुभव यहाँहरुको नोवल कलेज तथा अस्पतालमा ८ दिन आईसीयुमा बस्दा गर्ने अवसर पाएँ– तपाईहरुको समुहले निरन्तर सुधारको यात्रा जारी राख्न र उपचार पद्धती खर्चिलो भन्दा सेवामूलक गर्नु पर्ने भनेर साझा गर्न सम्म भ्याएँ ।तर,बीपी प्रतिष्ठानको जस्तो सरकारले कशलाई जिम्मेबार दिएर पठाउने हो । त्यसपछि फेरि आन्दोलन हुने होला जस्ता पक्षहरुमा अलमलिएर नोवल कलेजलाई भावि विराशत थाम्ने नेतृत्वको छनौट गर्ने चिन्ता छैन । कैडर तयार छन् । अत्यन्त व्यस्तताको बाबजुद मलाई अस्पतालमा भेट्न समय दिने कोशी प्रदेशका युवा कवि प्रमोद ढकाल साहित्यिक नाम ‘प्रिन्स’ले एयरपोर्ट रोडको एशियाटिक होटेलमा काम गर्दे अरु लगानीकर्तासँग मिलेर हाल नयाँ खोलेको एअरपोर्ट होटेलमा अव बैशाखसम्ममा एउटा ‘मनको प्रवाह’ ब्यानरमा साहित्यिक सम्मेलन गर्न सकिन्छ की भनेर टिपोट सहित छलफल पनि गर्न भ्याएँ,आईसियूले ७ गते एक घण्टा फुर्सद दिएको अवसरमा ।
खर्चिलो उपचार पद्धतीले धन नै स्वस्थ हो भन्ने मान्यता स्थापित गरेको सन्दर्भमा नेताहरु आफैं अस्पताल खोलेर सरकारी अस्पताल धरायसी बनाउन उद्धत भएको बेला समाजबादी सरकारले जनस्वस्थ्य र शिक्षामा समाजबाद लागु नगरे बर्गीय युद्ध हुन्छ र त्यो तराईबाट शुरु हुन्छ भन्ने मेरो सोचको कडीमा नोवलको कुरुवा अनुभवले गँठजोड गर्ने सौभाग्य पायो ।
स्वतन्त्र लेखनमा संल्गन लेखक नेपाल सरकारका पूर्व महानिर्देशक,पूर्व प्रमुख जिल्ला अधिकारी तथा सहसचिव हुन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *