नारि पुरुष बराबरि


भन्न लाई त भन्छन नारि पुरुष बराबरि
घटिवढि हुन्न माया सवै हाराहारि ।
छुवाछुत भेदभाव गर्छन नारिमाथि
तर पनि ठानि लिन्छन जालमा पारि साथि ।

सधै हुन्छ अजम्वरि तिम्रो कति शक्ति
जति पीडा भोगे पनि गर्छौ पुरुष भक्ति ।
महानता नारि सङग वुझि ज्ञान लिउँ
हृदयको स्वच्छ भाव नारीलाई दिउं ।

नारी कष्ट कस्तो हुन्छ पुरुषलाई केथा
हासिखुसि वस्छौ हामी जाय जन्म बेथा ।
सृष्टि तिमी सम्भारकर्ता तर पनि हाँस्छ्यौ
जति पीडा भोगे पनि फेरि माया गास्छ्यौ ।

संशारको रित यस्तै महान तिमी नारी
अब माया हुन्न पारि हुन्छ माया वारि ।
नारी तिम्रो गौरवता पुरुष भन्दा वढी
पढि लेखी ज्ञानी वनि आयौ हिमाल चढि ।

आमा पनि नारी नै हुन प्रिया पनि नारी
दिल भरी माया मिलोस् सधै वरावरी
पिल्सिएर बस्नु हुन्न आँखा चिम्लिएर
सधै भरी अघि बढ खुसि मन लिएर ।

घरबार छोरा छोरी सवै जिम्मा तिम्रो
हिम्मत अब हार्नु हुन्न मिल्छ साथ हाम्रो ।
आँखा तिम्रो रसाउने छन पुरुष बिना माया
जहाँ गए पनि देख्छ्यौ आफ्नै पुरुष छायां ।

एउटा रथका दुईटा पाङग्रा बुझौ दुवै रथले
कहिल्यै अघि बढिदैन एक अर्को हटले ।
आफनो बाटो आफै लिन्छ्यौ कतै ढलमलिन्नौ
पारिवारीक माया बिना अन्त अलमलिन्नौ ।

सुखशान्त मिलि रहोस् मेरो यो चाहाना
आज तिम्रो जन्म दिनको शुभकामना ।
सरलता शान्त स्वभाव रहोस तिम्रो भावना
आज तिम्रो जन्म दिनको शुभकामना ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *