नारी दिवसमा एभरेस्ट अस्पतालले निःशुल्क शिविर आयोजना गर्ने
काठमाडौं । अन्तर्राष्ट्रिनारी दिवसअवसरमा बुधबार एभरेस्ट अस्पतालले महिला रोग सम्बन्धी निस्शुल्क ओपिडी शिविर आयोजना गर्ने भएको छ । शिविरमा विशेषज्ञ चिकित्सकहरूले चेकजाँच तथा परामर्श दिनेछन् । बिरामीलाई थप उपचार आवश्यक परेमा अस्पताल शुल्कमा ३५ प्रतिशत छुट हुने अस्पतालका प्रमुख कार्यकारी प्रशासक दीपकचन्द्र बरालले बताए । यो शिविर बुधबार दिउँसो २ बजेदेखि ५ बजेसम्म एभरेस्ट अस्पतालमा आयोजना हुनेछ । शिविरका लागि बुधबारभित्र नाम टिपाउनुपर्नेछ । नाम टिपाएर पनि बुधबार उपस्थित हुन नसक्नेहरूले एक सातासम्म कुनै पनि दिन अस्पताल आएर परामर्श लिन सक्नेछन् । घरेलु काममा महिलाहरू अत्यधिक सक्रिय रहने गरेका छन् ।
त्यससँगै अहिलेको समयमा उनीहरू कार्यालयको काममा समेत व्यस्त हुन्छन बरालले भने, दोहोरो चापका कारण महिलाहरूमा विभिन्न समस्याहरू देखिने गरेको छ । समस्या लुकाएर बस्न हुँदैन र त्यसको निदान तथा उपचारको बाटो खोज्नुपर्छ भन्ने सन्देश महिला दिवसको अवसर पारेर दिनका लागि हामीले यो क्याम्प आयोजना गरेका हौं । एभरेस्ट अस्पतालले यसअघि पनि विभिन्न समयमा स्वास्थ्य शिविरहरू आयोजना गर्दै आएको छ । केही समय अघिमात्रै अस्पतालले प्रोस्टेट तथा पिसाबको समस्याबाट ग्रसित बिरामीहरूका लागि निशुल्क शिविर राखेको थियो । युरोलोजिस्जिट डा. सुनिललाल श्रेष्ठ नेतृत्वको टोलीले त्यतिबेला बिरामीहरूको चेकजाँच गरेको थियो । लगत्तै अस्पतालले मानसिक स्वास्थ्य सम्बन्धी शिविर राखेको थियो । यसमा डा. प्रेरणा झा नेतृत्वको टोलीले बिरामीहरूको चेकजाँच गरेको थियो । शिविरका दौरान बिरामीहरूलाई केही समयका लागि पुग्ने औषधि समेत वितरण गरिएको थियो ।