नेपालले विहिबार पिएनजीसँग खेल्दै

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले अहिले आफ्नो टिमले योजना बनाए अनुसार प्रदर्शन गरिरहेको बताएका छन् ।

विहिबारदेखि शुरु हुने त्रिकोणीय सिरिज अगाडी आज भएको पत्रकार सम्मेलनमा बोल्दै कप्तान पौडेलले युएईमा आफुहरुले कम्तिमा तीन खेल जित्ने योजना बनाएको र सोहि अनुसार नतिजा आएको बताए ।

कप्तान पौडेलले अब चार खेल जित्नै पर्ने अवस्था रहेको बताउदै आफुहरुले राम्रो खेलेर जित्ने आशा व्यक्त गरे । उनले भने- ‘क्रिकेट हो जे पनि हुन सक्छ तर हामिले त्यो दिन राम्रो खेल खेलेर जित्ने प्रयासमा छौं । योजना बनाइरहेका छौं र खेलको दिन त्यसलाई राम्रो सँग निभाउने छौं ।’

रोहितले अहिले नेपाली टिम सन्तुलित रहेको भन्दै सबै क्षेत्रमा टिमले राम्रो गरिरहेको प्रतिक्रिया दिए ।

नेपालले आइसीसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम सिरिजमा विहिबारदेखि युएई र पीएनजीविरुद्ध खेल्दै छ । सिरिजको पहिलो खेलमा नेपालले विहिबार पिएनजीसँग खेल्दै छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *