इण्डोनेसियाको मेरापी पर्वतमा ज्वालामुखी विष्फोट

काठमाडौं । इण्डोनेसियाको मेरापी पर्वतमा शनिबार ज्वालामुखी विष्फोट हुँदा आसपास आठ वटा गाउँहरुमा अङ्गारसहितको खरानी वर्षा भएको छ ।

ज्वालामुखी विष्फोटपछि धुवाँ र तातो खरानी कैयौं किलोमिटर परसम्म फैलिएको थियो भने आकाशमा हजारौं फिट माथिसम्म पुगेको थियो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ज्वालामुखी विष्फोटबाट मानवीय क्षति नभए पनि स्थानीय वासिन्दाका घर तथा अन्य सम्पत्तिहरुमा क्षति पुगेको छ । त्यस क्षेत्रका स्थानीय र पर्यटकहरुलाई अन्यत्र सारेर सात किलोमिटरको क्षेत्रलाई खाली गराइएको छ ।

ज्वालामुखी विष्फोटपछि वर्षा हुने भएकाले बाढी आउने चेतावनी जारी गरिएको छ । हप्तौंसम्म लाभा निस्कने क्रम चल्ने भएकाले त्यसबाट हुने क्षतिप्रति पनि सचेत बनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *