निजि निवास सर्दै राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदै छ । फागुन २५ गते नयाँ राष्ट्रपतिमा निर्वाचित नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलको शपथ भोलि सोमबारलाई तोकिएको छ ।

नयाँ राष्ट्रपतिको शपथअघि नै ७ वर्षे कार्यकाल सकिने दिनमै राष्ट्रपति भण्डारी शितलनिवासबाट बुढानीलकण्ठ-२ चपलीस्थित निजी निवासमा सर्ने भएकी हुन् ।

भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी थिइन् । त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते उनी निर्वाचित भइन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *