बीबीसीका खेल प्रस्तोता लिनेकर निलम्बित
लन्डन । बेलायत सरकारको नयाँ शरणार्थी नीतिको विरोध गरेको भन्दै बीबीसीका खेलकुद प्रस्तोता गारी लिनेकर निलम्बनमा परेका छन् ।
शनिबार बीबीसीको खेलकुद सेवा अन्योलमा परेको थियो । टिप्पणीकारहरूले प्रस्तोता गारी लिनेकरको समर्थनमा काम गर्न मानेनन् । बयसट्ठी वर्षीय लिनेकरले ट्विटरमा नयाँ शरणार्थी नीतिलाई नाजी युगको जर्मनीसँग दाँजेका थिए । बीबीसीले भने शुक्रबार लिनेकरले बीबीसीको मार्गदर्शन उल्लंघन गरेको भनेको थियो ।
लिनेकरले सन् १९६४ देखि सञ्चालनमा आएको विश्वकै म्याच अफ् द डे शनिबारको रात्रिकालीन तालिका र लामो कालसम्मको फुटबल टेलिभिजन कार्यक्रममा काम गर्न पाउने छैनन् । उनले सामाजिक सञ्जालमा गरेको त्यस प्रकारको टिप्पणीबारे उनको स्पष्ट धारणा नआएसम्म त्यो कारबाही फिर्ता नलिने बीबीसीले जनाएको छ ।
उनको निलम्बनको निर्णयले सर्वत्र निन्दा भएको छ । लेबर दलका नेता केयर स्टार्मरले टोरी सांसदले लिनेकर प्रतिको गुनासोलाई बीबीसीले निष्पक्ष कारबाही गर्न चुकेको बताएका र बीबीसी कन्जर्भेटिभ दलको दबाबमा नपर्न भनेका छन् । यो बढ्दो संकटले बेलायतको मिडिया क्षेत्रमा हलचल मच्चाएको छ ।
बीबीसीका महानिर्देशक टिम डेभीले राजीनामा नदिने भनेका छन् । बीबीसी स्कटल्याण्ड, वेल्स् र उत्तरी आयरल्याण्डको शनिबारको खेलकूद तालिका परिवर्तन भएको छ । नेश्नल यूनीयन अफ् जोर्नालिष्टले लिनेकरलाई गरेको कारबाही बीबीसीकै आफ्नै गोल भएको कटाक्ष गरेको र मिडियाले सरकारको दबाब झेल्न नसक्नु मूर्खता जतिकै खतरनाक भएको बताएको छ ।
लिनेकर बिबिसका फ्रीलान्स प्रसारणकर्ता हुन् । उनी स्थायी कर्मचारी होइनन् र उनले समाचार वा राजनीतिक विषयवस्तुको निष्पक्षताको लागि अन्य पत्रकारको तुलनामा कडा नियमको पालना वा जिम्मेवारी लिन बाध्य छैनन् ।