सिन्धुलीमा बस दुर्घटना, ७ जनाको मृत्यु

काठमाडौं । ओखलढुंगाबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । बा २ ख ६५९६ नम्बरको बस आज बिहान सिन्धुलीको फिक्कल गाउँपालिका–४ स्थित कुहिभिर भन्ने ठाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा २२ जना घाइते भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेहरुको अहिले उद्धार जारी छ ।

अहिलेसम्म उक्त बसमा जम्मा २९ यात्रु रहेको बुझिएको प्रहरीले जानकारी दिएको छ । सडकको भित्तामा ठोक्किएर बस दुर्घटनामा परेको हो । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *