उपराष्ट्रपतिमा यादवलाई सहयोग गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) ले सत्ता गठबन्धनका उम्मेदवार रामसहाय यादवलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । आज उपराष्ट्रपतिका लागि मत माग्न बालुवाटार पुगेका यादवसँग प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले प्रतिबद्धता जनाएको जसपाका नेता प्रदीप यादवको भनाइ छ ।
‘ सो भेटमा प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनको तर्फबाट उपराष्ट्रपति पदका उम्मेदवार जसपा संसदीय दलका नेता रामसहाय यादवलाई आँफु र आफ्नो दल लगाएत सबैलाई उपराष्टपति पदमा यादबलाई यही चैत्र ३ गते हुने निर्वाचनमा विजय गराउन आग्रह समेत गरेका छन् । संघीयता र गणतन्त्रको रक्षा उपराष्टपतिमा यादवलाई जिताउन आग्रह गरेका हुन् ।