कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा बुधबार बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बस्न लागेका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । उनका अनुसार बैठकमा उप–राष्ट्रपतिको चुनाव केन्द्रित हुने छ ।

चैत ३ गते हुने उप–राष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मी शाक्य, जसपाबाट रामसहायप्रसाद यादव र जनमतबाट ममता झा उम्मेदवार छन् । जसपाका उम्मेदवार यादवलाई कांग्रेस, माओवादी र एकीकृतको पनि समर्थन छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *