टाटा मोटर्सको एक्सचेञ्ज क्याम्पमा उत्साहजनक सहभागिता
काठमाडौं । टाटा मोटर्सको ‘दी इलेक्ट्रिफाइङ एक्सचेञ्ज(२०२३’ क्याम्पमा सिप्रदी तथा सिप्रदीका आधिकारिक टाटा मोटर्सका शोरुमहरुमा २६,२८ फागुनसम्म सञ्चालित क्याम्पमा ग्राहकहरुको उत्साहजनक सहभागिता रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार टाटा मोटर्सका ग्राहकहरुबाट प्राप्त सुझाव तथा जिज्ञासाका आधारमा उक्त क्याम्प सञ्चालन गरिएको थियो । एक्सचेञ्ज क्याम्पमा पेट्रोल डिजेलबाट चल्ने सवारी साधनलाई बजारले अत्यधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारीसँग साट्न मिल्ने गरी एउटै शोरुमबाट व्यवस्था मिलाइएको थियो । काठमाडौंमा सञ्चालित क्याम्पमा सहभागी भएका ग्राहकहरुले झन्डै २०० गाडीहरुको विशेषताबारे जानकारी लिनुका साथै यसको बजार मूल्य, सरल फाइनान्स सुविधा, इन्स्योरेन्स सुविधा लगायतका बारेमा जानकारी लिएका थिए । एक्सचेन्ज सुविधासँगै विद्युतीय गाडी सम्बन्धित विस्तृत जानकारी दिंदै काठमाडौँ भित्रका विभिन्न बाटोमा टेस्ट ड्राइभ पनि गरिएको थियो । ग्राहकहरुको उत्साहजनक सहभागितालाई मध्यनजर गरेर एक्सचेञ्ज क्याम्पलाई निरन्तरता दिने तयारी भइरहेको कम्पनीले जनाएको छ ।