प्रदेश कमिटीको बैठक मातृका यादवले किन गरे बहिस्कार ?
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव मातृका यादवले प्रदेश कमिटीको बैठक बहिस्कार गरेका छन् । माओवादी मधेस प्रदेश कमिटीको तीन दिन चलेको बैठकमा यादव बैठकमा अनुपस्थित भएका हुन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा गत शुक्रबारदेखि तीन दिनसम्म चलेको बैठकमा यादव असहभागी भए । प्रदेशमा विवादका कारण प्रदेश कमिटी बन्नमा समेत बाधा परेको छ । अहिल प्रदेशका इन्चार्ज गणेश साह मात्रै छन् ।
अधिकांश जिल्ला र स्थानीय तहमा नेतृत्व नहुँदा माओवादीको अवस्था कम्जोर देखिएको छ ।
मधेस प्रदेशमा भ्रएको विवादका कारण अहिले २ महिने अभियान समेत प्रभावकारी भएन । पार्टीको २ महिने पार्टी विस्तार र सङ्गठन सुदृढीकरण अभियान चलाएपछि प्रदेश सहित जिल्ला र स्थानीय तह कमिटीलाई पूर्णता दिने तयारी थालेको छ ।
मधेस प्रदेश कमिटीको बैठकमा पार्टीका पदाधिकारी सहित स्थायी समिति, केन्द्रीय सदस्य र प्रदेश सदस्यहरू सहभागी भएका थिए । सो क्रममा यादवको उपस्थितिले प्रधानमन्त्री प्रचण्डलाई समेत आक्रोसित बनायो ।
बिरामीका कारण यादवअनुपस्थित भएको पार्टी केन्द्रीय सदस्य अजयशंकर नायकको भनाइ छ । बैठकमा पार्टी पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय सदस्य र प्रदेश सदस्यलाई बोलाएको थियो ।
यादवले पार्टी उपमहासचिव मातृका यादवले बैठकको समयमा आँफु गृह जिल्ला धनुषा गएको बताएका छन् । सो कारण बैठकमा उपस्थिति हुन नसकेको उनको भनाइ छ । ‘प्रदेश समितिको बैठकको सूचना आएको तर कार्यव्यस्थताले अनुपस्थिति रहेको पाटीमा भएको विवादका कारण भने होइन ,यादवले भने ।