एनएमबि बैंकको मर्चेन्ट क्यूआरमा एक हजार बोनस
काठमाडौं । एनएमबि बैंकले आफ्नो मर्चेन्टका लागि ‘क्यूआरमा १ हजार रूपैयाँ बोनस’ अफर सार्वजनिक गरेको छ । विधुतीय माध्यममार्फत भुक्तानी प्रोत्साहन गर्ने उदेश्यले यस्तो सार्वजनिक गरिएको बैंकले जनाएको छ । बैंकमा खाता खोलिसकेका मर्चेन्टहरु तथा नयाँ मर्चेन्टहरुले १ हजार रुपैयाँ भन्दा माथिको क्यूआर मर्फत पहिलो भुक्तानी लिंदा १ हजार रुपैयाँको बोनस जित्ने मौका पाउने बैंकले जनाएको छ । यो योजनामा सहभागी हुन मर्चेन्टको एनएमबि बैंकमा करेन्ट अकाउन्ट हुन जरुरी रहेको बैंकले बताएको छ ।