नबिल बैंकले धितोमा राखिएको २ वटा टाटा ट्रक बेच्दै


काठमाडौं । नबिल बैंकले धितोमा राखिएको सवारी साधन र जग्गा लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो । बैंकको पर्सा बजार शाखा चितवन कार्यालयबाट कर्जा लिई पटक पटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ ।

बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले ३५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ । ऋणी शिव शक्ति ढुवानी सेवाका प्रोप्राइटर विनोद खड्काले कर्जा लिएवापत धितोमा राखिएको ना ६ ख ३३५६ नम्बर र प्रदेश २–०३००१ ख ४९९८ नम्बरको टाटा ट्रक बिक्रीमा राखेको हो । साथै, ओपन डोर वाइन सपका सञ्चालक ललिता खड्काको नाममा रहेको खैरहनी नगरपालिका ८ अवस्थित कित्ता नम्बर ३३२४ को ०–०–५.५–० विघाहा जग्गा लिलाम बिक्री गर्ने भएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *