फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के होला
काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढसँगै इन्डियन आयल कर्पोरेसनले नेपालका लागि २०२३ मार्च १६ तारिखबाट लागू गरेको नयाँ मूल्यसूची पठाएको हो ।
नेपाल आयल निगमले खरिद गर्ने सिलिगुडी डिपोको मार्च १ तारिखको मूल्य भन्दा घटेर आएको छ। पेट्रोल प्रतिलिटर ८६ पैसा र डिजलको मूल्य प्रति लिटर १ रुपैयाँ ५० पैसाले घटेर आएको छ ।