यस्तो छ कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकका चारबुँदे निर्णय

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकिएको छ । आइतबार बिहान पार्टी कार्यालय सानेपामा बैठक बसेको थियो । बैठकले सरकारमा जानेसहित चारबुँदे निर्णय गरेको छ । कांग्रेसले आइतबारको प्रतिनिधिसभा बैठकमा सत्तापक्षको कुर्सीमा बस्ने निर्णयसमेत गरेको छ ।

१. चैत्र ३ गते सम्पन्न उपराष्ट्रपति पदको निर्वाचनबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको उपराष्ट्रपति पदमा निर्वाचित उपराष्ट्रपति रामसहाय यादवलाई कार्यकाल सफलताको कामना सहित यो बैठक हार्दिक बधाई ज्ञापन गर्दछ ।

२. संविधान रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र मुलुकको समुन्नतिका लागि सहकार्यको संकल्प सहित गत निर्वाचनमा नेपाली जनता समक्ष गरेको वचनवद्दता अनुरुप नेपाली कांग्रेस सहितका राजनीतिक दलहरु बीचको आपसी एकता र समझदारीलाई अझ सुदृढ गर्नु आवश्यक छ । हालै सम्पन्न संघीय गणतन्त्र नेपालको राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा गठबन्धनले प्राप्त गरेको विश्वासप्रति सबैलाई आभार प्रकट गर्दै यो बैठक गठबन्धन दलहरू बिचको समझदारी र एकतालाई अझ बलियो बनाउँदै अघि बढ्ने क्रममा नेपालको संविधानको धारा ७६(२) बमोजिम गठित पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेकोे वर्तमान सरकारलाई नेपाली काँग्रेसको विधानको धारा २२ (११ं बमोजिम समर्थन गर्ने र २०७९ चैत्र ६ गते प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले राख्नु हुने विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्नका लागि पार्टीको संसदीय दललाई निर्देश गर्ने निर्णय गर्दछ ।

३. संसदको सबैभन्दा ठलो दलका रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा नेपाली काँग्रेस सहभागी हुने निर्णय यो बैठक गर्दछ । संविधान रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र शान्ति प्रक्रियाका बाँकी कामलाई पुर्णता दिँदै मुलुकको चौतर्फी विकासमार्फत मुलुकको समुन्नति हासिल गर्ने साझा कार्यभारप्रती यो बैठक दृढ प्रतिबद्धता व्यक्त गर्दछ ।

४. नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरु चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशिता र प्रादेशिक सन्तुलन दृस्टिगत गरेर चयन निर्णय यो बैठक गर्दछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *