हिजोसम्म प्रचण्डका मन्त्री विष्णु पौडेलले आज संसदमा भने– प्रधानमन्त्रीलाई विश्वासको मत कसैले नदिनु

काठमाडौं । एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन आग्रह गरेका छन् ।

सोमबार प्रधानमन्त्री प्रचण्डले मागेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै केही दिनअघिसम्म प्रचण्ड सरकारका उपप्रधान र अर्थमन्त्रीसमेत रहेका पौडेलले एमालेले मात्रै नभएर सिंगो सदन नै प्रधानमन्त्री प्रचण्डको विपक्षमा उभिनुपर्ने बताएका हुन् ।

‘एमालेले विश्वास त के प्रधानमन्त्री प्रचण्डजीलाई विश्वासको मत दिन सक्दैन’, उनले भने, ‘एमाले मात्रै होइन, सिंगो सदन प्रधानमन्त्री प्रचण्डको विपक्षमा उभिनुपर्छ ।’ उनले प्रधानमन्त्रीले आफूहरूलाई धोका दिएर अर्को समीकरण बनाएको आरोप लगाए । एमालेले सोमबार बिहान मात्र प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने संसदीय दलबाट निर्णय गराएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *