एभरेष्ट बैंकले कम्पाउण्ड सहितको २ तले घर बेच्दै
काठमाडौं । एभरेष्ट बैंकले बैंकको नाममा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति ९घरजग्गा० शिलबन्दी बोलपत्र मार्फत लिलाम बिक्री गर्ने भएको हो । बैंकले धुलाबारी नगरपालिका ८ झापा स्थित कित्ता नम्बर २३७ र ४७८ को क्रमशः ०–०–७–० र ०–०–७–० ११८.५२ र ११८.५२ वर्गमिटर क्षेत्रफल भएको जग्गा र सो जग्गामा निर्मित १४७४.६८ वर्गफिट क्षेत्रफल भएको २ तले घर कम्पाउण्ड सहित बिक्री गर्ने भएको हो । बैंकले उक्त सम्पत्ति जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्नेछ । बैंकको उक्त सम्पत्ति खरिद गर्न इच्छुकले १५ दिन अर्थात् चैत २० गतेभित्र धुलाबारी शाखा कार्यालयमा सम्पर्क गर्नुपर्नेछ । शिलबन्दी बोलपत्र चैत २१ गते मंगलबारका दिन दिनको साढे ३ बजे बैंकको धुलाबारी शाखामा खोलिनेछ । बिक्री गरिन लागेको घरजग्गा सम्बन्धी कागजातहरु, घरजग्गा हेर्न र बुझ्न तथा अन्य जानकारी चाहिएमा बैंकको शाखा कार्यालय धुलाबारीमा कार्यालय समयभित्र सम्पर्क राख्न बैंकले आग्रह गरेको छ ।