एफएनसीसीआई अध्यक्ष र जिल्लाका उद्योगी व्यवसायीहरुबीच सेतुको रुपमा काम गर्छु ः वरिष्ठ उपाध्यक्षका प्रत्याशी अन्जन श्रेष्ठ
नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी अन्जन श्रेष्ठले आफूले वरिष्ठ उपाध्यक्ष भएपछि अध्यक्ष र जिल्लाका उद्योगी व्यवसायीहरुबीच सेतुको रुपमा काम गर्ने बताएका छन् । कोशी प्रदेशको काँकरभिट्टामा आयोजित ‘लथालिङ्ग अर्थतन्त्र किन, कसरी, को जिम्मेबार ?‘ विषयक कार्यक्रममा आफूले एफएनसीसीआईका अध्यक्ष र जिल्लाका उद्योगी व्यवसायीहरुबीच सहयोगी र सेतुको रुपमा काम गर्ने बताएका हुन । ‘मैले वरिष्ठउपाध्यक्ष भएपछि अहिलेको जस्तो नभई अध्यक्ष र जिल्लाका उद्योगी व्यवसायीहरुबीच सेतुको रुपमा काम गर्नेछु, उनले प्रतिबद्धता जाहेर गरे, ‘विधानमा वरिष्ठ उपाध्यक्षको कामको बारेमा व्याख्या नगरेपनि आफूले सक्रियरुपमा उद्योगी व्यवसायीहरुको समस्या समाधानमा काम गर्नेछु । उनले उद्योगी व्यवसायीहरुको समस्या समाधान गर्र्दै अर्थतन्त्रलाई सुधार गर्न र सक्रिय रुपमा सहकार्य गर्ने पनि बताए । हामी आफैंले एसएमसईबाट व्यवसाय शुरु गरेर अहिले सम्म यहाँ आएको हुँ । त्यसैले व्यवसायका समस्याहरु बारेमा पनि परिचित छु,‘उनले भने, ‘अहिले बजारमा समस्या छ र हामी सबै ऋण र ब्याज तिर्न कठिनाई भोगिरहेका छौं । त्यसलाई कसरी समाधान गर्नेमा पनि उत्तिकै चिन्तित छु । कार्यक्रममा पूर्व अर्थसचिव शिशिर ढुंगानाले अर्थतन्त्र निगरानी प्रणाली कमजोर हुँदा अहिले समस्या आएको भन्दै नीजि क्षेत्रसँग समेत सल्लाह नगर्दा यसले थप असर पारेको बताए । अहिले राजस्व आम्दानीमा इनसमा गयो । जसले सरकारको सार्वजनिक खर्च संकुचित बनायो । यसले बजारमा पैसा जान सकेन र सबैतिर समस्या भयो, उनले भने । बैंक तथा वित्तिय क्षेत्रलाई कोभिडपछि सबै छाडिएको तर अहिले सबै एकैपटक कस्ने नीतिले समस्यामा पारेको उनले स्पष्ट पारे । ‘नीति बनाउँदा पर्याप्त सल्लाह नभएको देखिन्छ । सामुहिक सल्लाह समेत गरिएन र निजी क्षेत्रसँग समेत सरसल्लाह भएन्,पूर्व सचिवले ढुंगानाले भने, ‘मौद्रिक नीतिमा समिक्षा भएन र प्राइभेट सेक्टरसँग छलफल नै गरिएन् । सरकारले अर्थतन्त्र सुधार गर्न आशा सिर्जना गर्नुपर्ने नत्र निजी क्षेत्र निराश हुने र थप आर्थिक असर पर्ने उनको भनाई छ । कार्यक्रममा कोशी प्रदेशमा आधारित रहेर पत्रकारीता गर्दै आएका बिराट अनुपमले प्रदेशमा आर्थिक गतिबिधिका लागि उच्चतम संभावना भएको भन्दै बिबिआईएनमा कोशी प्रदेशले नेतृत्व लिन सक्ने औंल्याए । उनले नेपालको पूर्वी नाकाबाट बंगलादेश, भुटान भारतलगायतका देशहरुसम्म यातायात सहजता भएको हुँदा यसले बजार बिस्तार गर्न सकिने बताए । हामीले कोशी प्रदेशमा ह्याट अर्थात हाईड्रोपावर, एग्रिकल्चर तथा एभिएसन र ट्रेड,टुरिजम तथा ट्रान्जिटको लागि योजना बनाउनु पर्नेछ । यसमा हामीले गर्न सक्ने धेरै काम छ र यसलाई निजी क्षेत्रले लगानी गरेर अगाडि जानुपर्छ । बिराट अनुपमले भुटानी नागरिकहरुलाई पूर्वी नाकाबाट भित्र्याएर लुम्बिनीसम्म पुर्याउने तथा बंगलादेशीलाई हिमाल हेर्न बोलाउन सकिने सहितका योजनाहरु ल्याउन निजी क्षेत्रसँग समेत आग्रह गरे । जिल्लानगर तर्फको उपाध्यक्षका प्रत्याशी अरुणराज सुमार्गीले महासंघमा उद्योगीहरुको समस्यामा बोल्ने नेतृत्व चाहिएको भन्दै अन्जन श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष चयन गर्न आव्हान गरे । यसअघि पनि युवा नेतृत्वलाई रोक्ने काम हुँदै आएको छ । तर अब यस पटक समस्या सुन्ने र बोल्ने नेतृत्वका लागि अन्जन श्रेष्ठलाई जिताउनुको विकल्प छैन्,उनले भने । अन्य वक्ताहरुले अर्थतन्त्र पुरै बिग्रिएको नभई लथालिंग भएको र सुधार गर्न सकिने अवस्थामा रहेको बताएका थिए । सरोकारबालाहरुले अर्थतन्त्रमा केहि समस्या भएको तर यसलाई सबै मिलेर सुधार गरर सहि ट्र्याकमा ल्याउन सकिने बताए । कार्यक्रममा सहभागी भएका विभिन्न जिल्ला तथा नगरका अध्यक्ष तथा प्रतिनिधिहरुले निजी क्षेत्रका नेतृत्वले नियमित रुपमा यस्ता छलफल गराउनुपर्ने भन्दै यस्तो कार्य नभएको बताए । अर्थतन्त्रलाई सुधार गर्न र व्यवसायीको हकहितमा काम गर्न नेतृत्वले अग्रसर हुनुपर्ने भन्दै सहभागीहरुले सरकारलाई घचघच्याएमा तलका व्यवसायीहरुले पुरै साथ दिने बताए । त्यसैगरी सरकारको नीति अहिले असफल भएको भन्दै अनौपचारिक र ग्रामीण अर्थतन्त्रले मात्र देश चलेको उनीहरुले सुझाब दिए ।