पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस सरकारमा जाने


काठमाडौं । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने भएको छ । शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकमा सहभागी एक नेताका अनुसार खड्काको नेतृत्वमा कांग्रेस सरकारमा जान लागेको हो । सरकारमा कांग्रेसको नेतृत्व खड्काले गर्ने विषयमा बैठकमा सैद्धान्तिक छलफल भएको ती नेताले बताए । भोलि सभापति, उपसभापति र महामन्त्रीको छुट्टै बैठक बस्ने र औपचारिक निर्णय हुने उनले बताए । आजको बैठकमा यसमा सैद्धान्तिक छलफल भयो । तर, नामको विषयमा कुरा भएको हैन । पदाधिकारी वरीयताको आधारमा कुरा गर्दा उहाँ नै हो, उनले भने, यस विषयमा भोलि सभापति, उपसभापति र महामन्त्रीको छुट्टै बैठक हुन्छ । ती पदाधिकारीका अनुसार कांग्रेसले अर्थ मन्त्रालय जुनसुकै हालतमा पनि लिने तयारी गरेको छ । गठबन्धनमा कांग्रेसले सात मन्त्रालय पाउने र आठ मन्त्रालयका लागि प्रयास गरिरहेको बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *