भविष्य साकोसको ६६ औं राष्टिय सहकारी दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रम
भक्तपुर । भविष्य वचत तथा ऋण सहकारी संस्थाले ६६ औं राष्टिय सहकारी दिवसको उपलक्ष्यमा संस्थाका अध्यक्ष तेजबहादुर च्वामु श्रेष्ठको सभापतत्विमा रक्तदान कार्यक्रम सञ्चालन भएको थियो ।
प्रमुख अतिथि सु न पा वडा नं ३ का वडाध्यक्ष्य दिपेन्द्र के .सि बाट पानसमा दिप प्रज्वलन गरि कार्यक्रम सञ्चालन भएको थियो ।
वडाध्यक्ष दिपेन्द्र के सिले रक्तदान जीवन दान हो तपाईं हाम्रो एक थोपा रगतले कसैको जीवन बाच्न सक्ने भएकोले हामी सवैले सक्दो सेवा दिनु पर्छ भन्दै सर्वप्रथम आफैवाट रक्तदान दिई कार्यक्रम सुरु गरे ।
उक्त कार्यक्रममा भविष्य वचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा वरिष्ठ सल्लाहकार ज्ञानकृृष्ण श्रेष्ठ ,सल्लाहकार,राजकुमार कार्की ,सल्लाहकार लालवहादुर खडका लगायत संस्थाका संचालक समितिका सदस्यहरु विभिन्न उप समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
हाम्रा सम्वाददाता विश्वनाथ ढुङेगलका अनुसार उक्त रक्तदान कार्यक्रममा ४४ जनाले रक्तदान गरेका थिए । रेडक्रस सोसाईटि बालकोट र भविष्य सहकारी संस्थाको संयुक्त आयोजनामा गरीएको सो कार्यक्रममा रेडक्रस सोसाईटि बालकोटका सचिव उमेश सिलवालले यस भविस्य वचत तथा ऋण सहकारी संस्थाले प्रत्येक वर्ष झै यस वर्ष पनि रक्तदान कार्यक्रम गरि निरन्तराता एवं महत्वपूर्ण सेवा दिई रहेको छ ।
कार्यक्रमको अन्त्यमा भविष्य वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा रक्तदान कार्यक्रमका संयोजक तेजवहादुरच्वामु श्रेष्ठले रक्तदाताहरुलाई धेरै धेरै वधाई दिनुका साथै आगामि दिनहरुमा पनि यसैगरी सहयोग मिलोस भन्दै कार्यक्रममा सहयोग पुर्याउने सञ्चालक समिती तथा विभिन्न उप समितिका साथिहरु लगायत अन्य सहयोगि सवैलाई धन्यवाद दिदै सस्थाका अध्यक्ष तथा कार्यक्रमका संयोजक तेजवहादुरच्वामु श्रेष्ठ र सचिब विश्वनाथ ढुंगेलले प्रमाणपत्र बितरण गरी कार्यक्रम समापन गरिएको थियो ।