सबै दलको घमण्डता


आफ्नो सरकार आफै ढालि फुर्ती लगाउँछन
वैमनस्य कायम गरि सांसद भगाउँछन ।
शिरोधार्य लिनु पर्थ्यो तिमले आफ्नो शिरमा
जनतालाई राख्न हुन्न सधै पिरको पिरमा ।

जन मानस खुशि हुदा गुणगान मिल्थे
माया भए जनताले आज किन चिल्थ्ये ।
अहङ्कारी बनि तिमी अघि अघि लाग्यौ
बैमनस्य कायम राखि अहमतामा जाग्यौ ।

गरीव जनता नेपालिले केहि माग्या हैन
गाँस बास कपासको जोहो कहिल्यै छैन ।
पूर्व पश्चिम उत्तर दक्षिण सबै तिम्रो साथ
गर्नु पर्थ्यो जनतामा सुखदुख बात ।

गरीवका पिर हैन भाषण मात्रै गर्यौ
अहमताले गर्दा आज ओरालीमा झर्यौ ।
वैरीसमान ठान्दै गयौ आफ्नै दाजुभाइ
माया मोह समान पूर्वक बन्थ्यौ हाइ हाइ ।

आफ्ना सङ्गम भन्दा पनि जनता हुन ठूला
सिङ्गो छडि सबै ताछि पार्यौ आज लुला।
जसलाई साथ लिएकाथ्यौ उसलाई के के गर्यौ
उसै बाट आज किन पर पर सर्यौ ।

पन्चमुखे देवल जस्तो अडिग हुनु पर्थ्यो
जनताको तिमीलाई मायाँ एक पाथिनै सर्थ्यो ।
आफ्नो भागमा पस्क्या भात अर्कोलाई दियौ
नैराश्य र प्रतिकार जात तिमले लियौ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *