कांग्रेसबाट सरकारमा नेतृत्व गर्ने व्यक्ति टुंगिएको छैन ः खड्का
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसबाट सरकारमा कसले नेतृत्व गर्ने भन्ने अहिलेसम्म निर्णय नभएको बताएका छन् ।
आइतबार संसद् भवनमा कुरा गर्दै खड्काले पार्टीबाट कसले सरकारको नेतृत्व गर्ने र कुन कुन मन्त्रालयमा जाने भन्ने विषयमा अहिलेसम्म औपचारिक निर्णय नभएको बताए । कांग्रेस मात्रै नभएर गठबन्धनमा रहेका कुनै पनि दलले औपचारिक रुपमा मन्त्रालय र संख्याका बारेमा औपचारिक प्रस्ताव नगरेको ठोकुवा गरे । खड्काले गठबन्धनमा मन्त्रिपरिषद् विस्तारको विषयलाई कुनै विवाद नरहेको दाबी गरे । उनले दुई तीन दिनभित्रै सरकारले पूर्णता पाउने बताए ।